केरामा ‘घुन’ लाग्न थालेपछि कृषक चिन्तित (तस्बिर /भिडिओ सहित )

म्याग्दी । केरा खेतीलाई मुख्य आम्दानीको श्रोत बनाएका म्याग्दीको बेनी नगरपालिका–२,खबराका सोवित शर्मा यतिखेर चिन्ति छन् । सात रोपनी क्षेत्रफलमा लगाएको केरा खेतीमा घुन लाग्न थालेपछि उनि चिन्तित छन् ।

जिल्लाको बेनी नगरपालिका–२,खबरा गाउँका कृषकले लगाएको केरा खेती । यहाँका किसान केरा खेतीलाई मुख्य पेशा बनाएका छन् ।

घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घत्दै गएपछि पेशा संकटमा परेकोमा शर्मा चिन्तित बनेका हुन् । केही बर्षयतादेखी केराको बोटमा लागेको घुनले उत्पादन घत्दै गएपछि उनि जस्तै केरा खेतीलाई मुख्य पेशा बनाउँदै आएका किसानहरु चिन्तित बनेका हुन् । पसाएका केराका अधिकांश बोटमा रोग देखिएको छ । पसाएका केरा सुक्ने र बोट नै ढल्ने गरेको शर्मा बताउँछन् ।

जिल्लाको बेनी नगरपालिका–२,खबरा गाउँका कृषकले लगाएको केरा खेती । यहाँका किसान केरा खेतीलाई मुख्य पेशा बनाएका छन् ।


यहाँ सिङ्गो गाउँका कृषक केराखेतीमा आबद्ध छन् । सुरुवाती समयमा सामान्य देखिएपनि पछिल्लो समय भने घुनले व्यावसायीक केरा खेतीमा ठुलो क्षती पु¥याएको उनको भनाइ छ । पसाएको केरामा दाग देखिने तथा केराको बोट सुक्नुका साथै उत्पादन पनि घत्दै गएको उनि बताउँछन् । हजारी जातको केरा खेतीबाट बार्षिक तीन लाख रुपैयाँ बढी आम्दानी हुँदै आएकोमा घुन लाग्न थालेपछि यो बर्ष घटेको शर्माले सुनाए ।

जिल्लाको बेनी नगरपालिका–२,खबरा गाउँका कृषकले लगाएको केरा खेती । यहाँका किसान केरा खेतीलाई मुख्य पेशा बनाएका छन् ।

‘पसाउन लागेको केराको बोटमा रोग देखा पर्ने गरेको छ ’ ,उनले भने, ‘ झ्याङ भएको केरामा किरा लाग्ने गरेपछि शुरूमा पात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।’ उपचारका लागि अहिले कातछात गर्ने ,केराको बोट वरिपरी सफाई गर्ने र कृषी प्राविधिकको सिफारिसमा किटनाशक औषधी छर्कदै आएको कृषक शर्माले जानकारी दिए ।

भिडिओ

किराले दुख दिएको समयमा समन्वय नगरी सडक विस्तारले थप क्षती पु¥याएको भन्दै अर्का व्यावसायीक केरा खेती गर्दै आएका कृषक हिरा कुँवरले सरकारप्रति गुनासो पोखे । ‘उत्पादन हुने बेलामा रोग लाग्न शुरू भयो,’ कुँवले भने , ‘लगानी पनि उठ्न गाह्रो हुने देखियो । पसाउन शुरू गरेको केराको पत्ता सुक्न थालेको छ । शुरुमा पत्ता सुक्छ । त्यसपछि बोट मर्न थाल्छ ।’
बेनी नगरपालिका संगै जिल्लाका मालिका ,अन्नपुर्ण ,रघुगंगा र मंगला गाउँपालिकाका किसानले व्यावसायीक केरा खेती गर्दै आएका छन् । व्यावसायीक केरा खेती गरेका किसानलाई राज्यले क्षतीपुर्ती दिनुपर्ने स्थानीयको माग छ । रोगको पहिचान गरेर समस्या समाधान गर्नमा सम्बन्धीत सरोकारवालाहरुले ढिला गर्न हुँदैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार