कोरोनाबारे भ्रम फैलाएको आरोपमा २ युवक पक्राउ

कास्की । कोरोना भाइरसबारे फेसबुकमा पिसिआर रिपोर्ट पोस्ट गरी गलत सन्देश फैलाएको अभियोगमा पोखराबाट २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्वत स्थायी घर भएका २९ बर्षीय इश्वर रिमाल र चितवन घर भएका २२ बर्षीय निरज लम्सालाई कोरोना संक्रमण बारे समाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ ।

कास्की प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार आफ्नो पिसिआर टेस्ट प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट गराएकोमा कोरोना परिक्षण रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएपछि पक्राउ गरिएको उल्लेख छ ।

पोखराको नयाँबजार बस्दै आएका उनीहरु दुवै मोबाइल पसल सञ्चालक रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।
रिमाललाई भदौं २४ गते र लम्साललाई भदौ २५ गते पक्राउ गरिएको हो । उनीहरु बिरुद्ध झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन ७ दिन म्याद थप गरि अनुसन्धान भैरहेको डिएसपी हमालले बताए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार