नेपालमा थप १,२०१ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देशभर संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिनुभयो ।संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ जनामा १४ जनाको मृत्यु भएसंगै नेपालमामा कोरोनाबाट ज्यान गुमाउनेको कुल सख्या ३३६ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार