जैमिनीमा पहिरोले पुरिएर दुई महिलाको मृत्यु

बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा पहिरोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५,विनामारे स्थित घर माथिबाट खसेको पहिरोले पुरिएर अन्दाजी ७५ बर्षिया जल्पादेवी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुका सुचना अधिकारी तथा प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अविरल वर्षाका कारण विहान ७ ः३० बजेको समयमा घर माथिबाट बासको झ्याङ सहितको पहिरो खसेको थियो । घरमा भएका अन्य ६ जना भने सामान्य घाइते भएका छन् । यस्तै, जैमिनी नगरपालिका–१ स्थित कुश्मिशेरामा विहान ७ः१० बजेको समयमा पहिरोले घर पुरिएर अन्दाजी ६५ बर्षिया लक्ष्मीदेवीको मृत्यु भएको छ । घर माथिको ग्याविन जाली सहितको पर्खाल भत्किदा घर पुरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार