कोरोनाले गैंडाकोटकी ६० वर्षीया महिलाको मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार गैंडाकोट नगरपालिका–९ की ६० वर्षीया महिलाको उपचार क्रममा मृत्यु भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालले चितवन मेडिकल कलेजमा उपचाररत ती महिलाको आइतबार राति मृत्यु भएको जानकारी दिए । यससँगै पूर्वी नवलपरासीमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । पूर्वी नवलपरासीमा आइतबारसम्म ६ सय ९० जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ४ सय ११ जना निको भइसकेका छन् । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार