नेपालमा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, १५ को मृत्यु

काठमाडौं । नेपालमा थप ११७० जनाका कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । भने ३९,५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको । यो संगै कुल संक्रमितको संख्या ३६० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार