वीरगन्जमा उपचाररत बाराकी कोरोना संक्रमितको मृत्यु

वीरगन्ज । नारायणी अस्पतालको आईसीयूमा उपचार भइरहेकी बाराकी एक कोरोना संक्रमित महिलाको सोमबार बेलुकी मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बाराको डुमरवानाकी ५५ वर्षीया महिलाको सोमबार बेलुकी सवा ७ बजेतिर मृत्यु भएको हो ।

उनलाई सोमबार बिहान सवा ११ बजे नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । चौरसियाका अनुसार जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेह र उच्च रक्तचापले समेत पीडित महिलाको अस्पताल भर्ना भएको ८ घण्टामै मृत्यु भएको चौरसियाले बताए । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार