मन्त्रालयमा पत्रकारको धर्ना

कैलाली । कैलालीका पत्रकारहरुले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । मंगलबार उनीहरुले धनगढीस्थित प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिएका छन् । त्यस्तै टिकापुरका पत्रकारले पनि ईलाका प्रशासन कार्यालय टिकापुरमा धर्ना दिए ।

स्थानीय दिनेश खवरले धनगढीको थुनुवा कक्षमा १९ वर्षीय एक युवकले आत्महत्या गरेको समाचारको विषयलाई असन्तुष्टि जनाउन आएको एक समूहले पत्रकार जनक विष्टलगायतलाई कुटपिट र हातपात गरेको भन्दै पत्रकारहरु विगत तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार