कोसी अस्पतालमा ६६ वर्षीय कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोसी अस्पतालमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको छ । विराटनगर(६ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २० पुगेको छ ।

स्वास्थ्यमा समस्या भएपछि बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा। लक्ष्मीनारायण यादवले बताए । मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको यादवले बताए ।

ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्नले उनलाई उपचारका लागि कोसी अस्पताल लगेका थिए । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार