बन्चरेमा कात्तिकदेखि काठमाडौंको फोहोर बिसर्जन गर्न सकिने

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तिब्रता दिएको बताएका छन् । आइतबार नुवाकोट–धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधिन स्यानेटरी ल्याण्डफिल्ड साईटको अनुगमनका क्रममा मानन्धरले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको नेतृत्वमा अबको केही वर्षमा मुलुकमा विकासका गतिविधि तिब्र हुने र केही वर्षमा मुलुकले कायापलट फेर्ने बताए ।

मानन्धरले प्रधानमन्त्री ओलीको कल्पना र जनताको चाहना अनुसार समृद्ध नेपाल सुखी नेपालीको संकल्प पुरा गर्न आफूहरु लागिपरेको पनि बताए । मानन्धरले कोभिड संक्रमणका बीच पनि विकासका कामलाई तिब्रता दिइएको बताउँदै आगामी आर्थिक वर्ष सम्ममा धेरै परिणाम देखिने दाबी गरे ।

मानन्धरले असोज महिनाभित्र ल्याण्डफिल्ड साईटको पहिलो फेज निर्माण सकिने बताउँदै कार्तिक पहिलो सातादेखि फोहर विसर्जन हुने जानकारी दिए । कोभिड संक्रमणका कारण निर्माणमा केही ढिलाई भएको बताउँदै मन्त्री मानन्धरले अब एक महिना भित्र साईड निर्माण सकिने दाबी गरे। सकेसम्म दशैं अघि नै फोहर विसर्जन थालिने बताउँदै मन्त्री मानन्धरले आवश्यक पूर्वाधार निर्माण तिब्र गतिमा भइरहेको जानकारी दिए । पहिलो फेजका लागि ३४ करोडको ठेक्कामा काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दिर्घकालिन योजना सहित सरकारले स्यानेटरी ल्याण्डफिल्ड साईट बनाइरहेको हो । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तिमा ५० वर्षका लागि यो स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मानन्धरले जानकारी दिए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार