कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बारबर्दियाका वडाध्यक्ष थारुको मृत्यु

गुलरिया । कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बारबर्दिया नगरपालिकामा एक वडाध्यक्षको मृत्यु भएको छ । वडा नं. ३ का वडाध्यक्ष ३९ वर्षीय कमल थारुको मृत्यु भएको हो ।

वडाध्यक्ष थारुको शव व्यवस्थापनका लागि अहिले बारबर्दिया नगरपालिकासँग समन्वय भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

जनयुद्धमा कमाण्डर भएका थारु तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । बारबर्दिया नगरपालिका वडा नं. ३ बानियाँभारका थारुको भेरी अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।nagarikkhabar.comबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार