नवलपरासीमा पाउरोटी बोक्ने गाडी खोलाले बगायो, चालक र गाडी बेपत्ता

नवलपरासी । नवलपरासीकोदाउन्नेमा खसेको पहिरोका कारण अवरुद्ध भएको बुटवल-नारायणगढ सडक। तस्बिरस् सेतोपाटी।नवलपरासीकोदाउन्नेमा खसेको पहिरोका कारण अवरुद्ध भएको बुटवल-नारायणगढ सडक। नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन ।

नवलपरासी पूर्व विनयी गाउँपालिका-३ को सुनही खोलाले बगाएका चालक र गाडी अहिलेसम्म फेला नपरेका हुन्। प्रहरीका अनुसार ना३च १५९४ नम्बरको गाडी तर्ने क्रममा बुधबार अपराह्न खोलाले बगाएको थियो। चालक कावासेती नगरपालिका-८ का २६ वर्षीय नेत्रलाल भूर्तेल र गाडीको खोजी भइरहे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

उनका अनुसार सोही गाडीमा रहेका सेल्समेन नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१६ कुकुरमाराका ५३ वर्षीय धनबहादुर गुरुङको भने सकुसल उद्धार गरिएको छ। गाडी बगेको देखेछि स्थानीले गुरुङलाई उद्धार गरे पनि चालकलाई भने नसकेको खाँणले बताए।

उक्त गाडी लालीगुराँस बेकरी उद्योगको हो। बाढी आइरहेका बेला खोलो तर्न पसेको गाडीसहित चालक बेपत्ता छन्, खोजी भइरहे पनि फेला पार्न सकिएको छैन,’ खाँणले भने।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार