सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ९ सय ९१ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको छ । बुधबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७९ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको हो ।

सक्रिय संक्रमितमा अछाम १००, बेतडी ६९, बझाङ्ग ८९, बाजुरा ९,डडेल्धुरा १६, दार्चुला ३१, डोटी १३०, कैलाली ५१०, र कंचनपुर ३७ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ३५, कंचनपुर का १,डोटीका १७,अछामका २६, जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलार्ई जानकारी दिए ।

कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । अछाम १, बझाङ्ग २, बाजुरा २ र कैलाली मा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए । योसंगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ७८१ पुगेको छ । बिभिन्न अस्पताल बाट थप १४ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ७२४ पुगेको उनले बताए ।त्यसैगरी बिभिन्न अस्पतालहरुमा ५० कोरोना संक्रमितको उपचार भईरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुर ९, महाकाली १३, अछाम १०, डोटी २, र डडेल्धुरामा ३ जनाको उपचार भईरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन् ।

प्रदेशका ९ वटै जिल्लामा ९९ आइृसोलेसन सेन्टरमा २ हजार ५६४ बेडहरु छन । सो बेडमा २ सय ९७ पुरुष र १ सय ३३ जना महिला र होम आईसोलेसनमा १ सय ८८ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिँह काक्रीको भनाई छ । ७९ हजार ४४१ नमुना जाच मध्य ६ हजार ७८४ जनामा संक्रमण फेला परेको छ भने ७२ हजार ६५७ नमुना भने नेगेटिभ आएको छ । अझै १ हजार ३ नमुनाको रिजल्ट आउन बाँकी रहेको उनले बताए । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार