ताप्लेजुङमा एकै परिवारका ३ जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ

सुनसरी । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनको थिबुकमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ परेका छन्।

बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए।स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीया ठूली आमा फुटी भोटे, ठूलो बुवाको छोरा ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई बुधबार मध्यराति हतियार प्रहार गरेका थिए।

धारिलो हतियार बाम्फोक (खुर्पा जस्तो हतियार) को प्रहारबाट उनीहरू गम्भीर घाइते छन्। उनीहरूको टाउको र गर्धनमा चोट लागेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले जानकारी दिए।

तीनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लैजाने तयारी गरिएको प्रजिअ चापागाईंले बताए। उनका अनुसार हेलिकप्टरबाट लैजान अनुमति पाए पनि खराब मौसमका कारण रोकिएको छ। घटनास्थलमा प्रहरी पुगी थप अनुसन्धान गरिरहेको श्रेष्ठले बताए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार