बिराट जुटमिलको पर्खाल भत्किएर थिच्दा एक महिलाको मृत्यु

काठमाडौँ । मोरङमा पर्खाल भत्किएर थिच्दा एक महिलाको मृत्यु भएको छ। मोरङस्थित बिराट जुट मिलको पर्खाल भत्किँदा बिराटनगर महानगरपालिका १५ रानीकी ५५ वर्षीया समिरू नेसाको बिहीबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो।

उनी बिहान साढे ८ बजे कलमा पानी लिन जाँदै थिइन्। सोही बेला एक्कासी पर्खाल भत्किएर समिरूलाई थिचेको थियो। पर्खालले थिच्दा उनी गम्भीर घाइते भएकी थिइन्।

घाइते भएकी उनलाई बिराटनगरको न्युरो अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सेतोपाटी बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार