बझाङमा गोठमा घाँस हाल्न गएकी १२ वर्षीया बालिका मृत फेला

धनगढी । बझाङको मष्टा गाउँपालिका–२ मा १२ वर्षीया बालिका मृत फेला परेकी छन्।बुधबार साँझ घरबाट २ किलोमिटर टाढा गोठमा पशु चौपायालाई घाँस हाल्न गएकी बालिका नग्न र शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बालिकाको शव तल्लो शरीर नग्न अवस्थामा फेला परेको र निलडाम रहेको बताए। आफन्तले बालिकाले कानमा लगाएको मुन्द्रा पनि हराएको बताएका छन्। उनीहरूले बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका पनि गरेका छन्।

बालिकाका बाबुआमा रोजगारीका सिलसिलामा भारतमा छन्। मृतक बालिकाको शव पोस्टमार्टमको लागि सदरमुकाम चैनपुर ल्याइएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार