पाल्पा पहिरो : बेपत्ता पाँच जनामध्ये २ महिलाको शव भेटियो

पाल्पा । पाल्पामा पहिरोले घर बगाउदा बेपत्ता भएका ५ जना मध्ये शुक्रबार दिउँसो २ महिलाको शब फेला परेको छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा बिहिबार बिहान पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका थिए । पहिरोमा परि ६३ वर्षीया हुम बहादुर गाहा, उनका श्रीमती ४७ वर्षीया धनी सरा, छोरी १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया नातिनी खुमिसरा आले र ७ वर्षीया नातिनी लक्ष्मी गाहा बेपत्ता भएका थिए ।बेपत्तामध्ये आज दिउँसो दुई महिलाको शब भेटिएको सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिए ।

बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि आज विहानबाट मात्रै बेपत्ताहरुको खोजी कार्य शुरु भएको हो । सुरक्षा निकाय, स्थानीयको सहयोगमा अहिले पनि बेपत्ताहरुको खोजी भैरहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । बिहीबार नै पहिरोले घर पुरिदा सोही वडाकी २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार