सम्झनालाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । बझाङको मष्टा गाउँपालिका २ कि १२ वर्षीय सम्झना कामिको बलात्कार पछि गरिएको हत्याको बिरोध तथा दोषीलाई कारवाहीको माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको बिरोध जुलुस काठमाडौँ जिल्ला प्रसाशन अघि पुगेर कोण सभामा परिणत भएको थियो।

सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्रमाण फेला परिसकेको प्रहरीले जनाएको छ। यस घटनामा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोराले नै बलात्कारपछि बालिकाको हत्या गरेको प्रमाण भेटेको प्रहरीले जनाएको छ। राजेन्द्रले यसअघि पनि अर्की एक बालिकालाई बलात्कार गरेको समेत खुलेको छ। उक्त घटनालाई मितापत्र गरेको समेत खुलेको छ।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार