गण्डकी प्रदेशमा नवजात शिशु सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेशमा एक नवजात शिशु सहित ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा ३३ जना नयाँँ संक्रमित थपिएका हुन् । यो संगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या ३८६६ पुगको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिनेमा कास्कीको पोखरा महानगर पालिका–२ र २० का ६५ र ६५ बर्षिय पुरुष तथा वडा नम्बर ४ मा २० घण्टाको नवजात शिशु रहेका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमित नवजात शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

यसैगरी क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा नवलपरासीको गैंडाकोट नगरपालिकामा २८ जना ,कास्कीको अन्नपुर्ण गाउँपालिकामा १ जना र गोरखामा १ जना गरेर ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार