धवलागिरी गाउँपालिका मालिका गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष यातायात

दरबाङ–धारापानी सडकको स्तरोन्नती सुरु

बेनी । दरबाङ–धारापानी सडक स्तरोन्नतीको कार्य थालिएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना दरबाङको पक्की पुलदेखी धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानी सम्म सडकको स्तरोन्नती थालिएको हो । सात किलोमिटर सडक स्तरोन्नतीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शिलन्यास गर्नुभयो ।

सडकको स्तरोन्नती पछि आउजाउ गर्न सहज हुने अध्यक्ष रोका मगरले बताउनुभयो । सडकको स्तरोन्नति पछि दूरी पनि छोटिनेछ । साथै सडक स्तरोन्नतीले यातायात क्षेत्र संगै व्यवसायीहरुलाई सहज हुनेमा अध्यक्ष रोका मगरले विश्वास व्यक्त गर्नुभयो । ‘गाउँमा कम्तीमा १२ महिना यातायात सञ्चालन गर्ने लक्ष्य सहित सडक स्तरोन्नतीको कार्य थालिएको छ’, गाउँपालिका अध्यक्ष रोका मगरले भन्नुभयो ।


गण्डकी प्रदेशको पुर्वाधार विकास कार्यालयबाट स्तरोन्नति गर्न लागिएको दरबाङ- धारापानी सम्मको सात किलोमिटर सडक १४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ । धुलिखेल ब्राइट कुँवर जेबी निर्माण कम्पनीले सडक स्तरोन्नतीको ठेक्का पाएको पुर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

सात किलोमिटर सडक ग्राभेल गरिनेछ । साथै ८ मिटर चौडा, ग्रेड मिलाउने, नाली बनाउने,विभिन्न ठाउँमा आरसीसी ढलान गर्ने काम गरिने पुर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर सन्तोष अर्यालले बताउनुभयो । सम्झौता अनुसार उक्त सडक स्तरोन्नतीको काम आगामी दुई बर्षभित्रमा सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीका एक कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

म्याग्दी । म्याग्दीका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय…

thumbnail

धवलागिरीको बिशेष गाउँसभा सम्पन्न,तीन करोड ४९ लाख बजेट बिनियोजन

उत्कृष्ट कर्मचारीलाई सम्मान मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षमा खर्च…

thumbnail

म्याग्दीका बाढी पहिरो पीडितका लागि मोना युकेद्धारा २३ लाख बढी संकलन

बेनी । म्याग्दीका बाढी पहिरो पीडितका लागि म्याग्दी समाज (मोना)युकेले २३ लाख रुपैयाँ बढी जुटाएको छ । अविरल बर्षातका कारण म्याग्दीमा म्याग्दीमा गएको बाढी पहिरोबाट पीडित परिवारका लागि सो रकम संकलन भएको…

Write a Reply or Comment