काेराेना अपडेट बेनी नगरपालिका मंगला गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष

म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका–७ का ४४ बर्षिय पुरुष ,मंगला गाउँपालिका –१ का २४ बर्षिय पुरुष र सोही गाउँपालिका वडा नम्बर ४ की २६ बर्षिया महिला रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा म्याग्दीमा दुई अन्य चार जिल्लामा गरी ५६ जना कोरोना संक्रमित थपिएका हुन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ६३३ पुगेको छ ।

म्याग्दीमा थपिएका संक्रमित मध्ये बेनी नगरपालिकाका एक पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ,पोखरामा नमुना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । ती संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको र उनि पोखरामा आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

सम्बन्धित समाचार

thumbnail

पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको…

thumbnail

म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा तनहुँ ठेगाना भई हाल अन्नपूर्ण २ वस्ने वर्ष ४९ को…

thumbnail

म्याग्दीमा ९ जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका मात्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ठेगाना नखुलेका गाउँपालिकाका ४५…

Write a Reply or Comment