इ-रिक्सा चलाउन खोज्दा ५ वर्षे बालक गण्डक नहरमा बेपत्ता

काठमाडौं । इ-रिक्सा चलाउन खोज्दा गण्डक नहरमा हराएका पाँच वर्षीय बालकको अवस्था अज्ञात छ। यो पूर्वीनवलपरासी विनयी त्रिवेणी गाउँपालिका-७ को घटना हो।

प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजे ना१ह ४५७८ नम्बरको इ-रिक्सा स्टार्ट गरी बालक शिवम् मिश्र हिँडेका थिए। बालक मिश्रले गण्डक नहर नजिकमा बुवाले पार्किङ गरिराखेको इ-रिक्सा स्टार्ट गरेका थिए। रिक्सा अनियन्त्रित भएपछि उनी सडकबाट करिब ५० मिटर तल गण्डक नहरमा डुबेका थिए।

बुवा प्रेम मिश्र पसलमा सामान किन्न गएका थिए। चाबी रिक्सामै छोडेर गएकाले बालकले इ-रिक्सा चलाउन पाएका थिए। प्रहरीले बेपत्ता बालकको खोजी गरे पनि अहिलेसम्म फेला पार्न सकेको छैन। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार