उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। प्रहरीले निरज राना मगरलाई बुटवलबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

हामीले हिजो उनलाई बुटवलबाट पक्राउ गरी काठमाडौ ल्याएका छौं,उनले भने,उनीमाथि थप अनुसन्धान गरिरहेका छौं। यसअघि उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने थप दुई जनालाई पक्राउ गरेको थियो। रुपेश शाह र रविन लामालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उपप्राध्यापक चलाउनेलाई गत असोज २० गते विश्वविद्यालय परिसरमा उनीहरूले कुटपिट गरेका थिए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार