गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण

कास्की । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरीएको पिसिआर परीक्षणमा तनहुँका ६, लमजुङका २, बाग्लुङका ७, नवलपरासी (ब.सु.पू.) का १५, गोरखाका ४ र कास्कीका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी चितवन मेडिकल कलेजमा गरीएको परीक्षणमा नवलपरासी (ब.सु.पू.) का २३ जना, गोरखाका १ जना र लमजुङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५,४३४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

चितवनमा गरीएको परीक्षणबाट पहिचान भएका संक्रमितहरुलाई सोही अस्पतालको आइसोलेसनमा राखिएको छ भने अन्यलाई सम्बन्धित जिल्लाका आईसोलेसनमा ब्यवस्थापन गरीएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार