ढोरपाटनका २५ वर्षीय संक्रमितको मृत्यु, बागलुङमा मृतकको संख्या ३ पुग्यो

बागलुङ । कोरोना संक्रमणबाट जिल्लाको ढोरपाटन नगरपालिका–७ का २५ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । उनको बिहिबार राती पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ ।

मृतक युवा सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत रहेका र उन गत २५ गते अस्पताल भर्ना भएका भएका थिए भने २७ गते उनीमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बागलुङमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बागलुङ नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय पुरुष र वडा नम्बर ४ का ४५ वर्षीय पुरुष रहेका छन् । baglungpostबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार