थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

त्यस्तै सुनसरीको इटहरी ६ का ५६ वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार