धरानका थप ३ संक्रमितको मृत्यु

धरान । धरानका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरानका तीनै जना संक्रमितको घरमा मृत्यु भएको हो। धरानको वडा नं ८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका संक्रमित आफैले घर जाने जिद्दी गरेपछि परिवारको जिम्मामा अस्पतालले डिस्चार्ज दिएको थियो। उनलाई घर ल्याएको केही समयपछि नै मृत्यु भएको वडा सदस्य सावित्री परियारले जानकारी दिइन्।

यसैगरि, धरान ८ को एघार घरे भन्ने स्थानमा आज बिहान एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ। धरान ८ कै वडा सदस्य राम मगरका अनुसार मृतक मृगौलाका विरामी थिए। उनको डाइलाइसिस गरिरहेको पनि उनले जानकारी दिए।

यस्तै, हिजो आइतबार साँझ सवा ७ बजे धरान १९ की ७० बर्षीया वृद्धाको पनि होम आइसोलेसनमा नै मृत्यु भएको छ। उनको एक साताअघि पुनः पिसिआर परिक्षण गरिए पनि रिपोर्ट पोजेटिभ आएपछि थप होम आइसोलेसनमा बसेको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार