पानी पिउन पोखरीमा गएका २२ बाँदर मरे, १२ को स्थानीयले गरे उद्धार

काठमाडौं । ओखलढुंगामा पोखरीमा डुबेर २२ बाँदर मरेका छन्। १२ वटा बाँदरको स्थानीयले उद्धार गरेका छन्। बिहीबार दिउँसो करिब १२ बने सिद्धिचरण नगरपालिका-५मा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बाँदरहरू मरेका हुन्। पानी पिउन पसेका बाँदर निस्किन नस्कदा मरेको वन डिभिजन कार्यालय ओखलढुंगाका सहायक वन अधिकृत कृष्णवेद यादवले बताए।

पोखरीमा ३४ वटा बाँदर डुबेका थिए। बाँदरहरू पानी खान त्यहाँ गएको देखियो। अरू बेला पनि जान्थे तर हिजो पानी कम थियो, यादवले भने,पानी कम भएपछि उनीहरू निस्किन सकेनन्। त्यही डुबेर मरे। उनले थपे, माटोको पोखरी भएको भए नंग्रा गाढेर भए पनि निस्किन सक्थे तर सिमेन्टको प्लास्टर गरेकव पोखरी हुदाँ निस्किन सकेनन्।

१२ वटा बाँदरलाई भने स्थानीयले थाहा पाएपछि बाँस राखेर निकालेका थिए। मरेका बाँदरहरूको पछि साँझ वन डिभिजन कार्यालयको टोलीले मुचुल्का उठाएर खाल्डोमा पुरिदिएको छ।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार