प्रदेश ५ को नाम लुम्बिनी , राजधानी भालुबाङ

बुटवल । प्रदेश ५ को राजधानी भालुबाङ कायम भएको छ । राजधानी भालुबाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् ।फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुबाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ ।

अस्थायी राजधानी बुटवल रहेको थियो । अब प्रदेश ५ को राजधानी भालुवाङ भालुबाङ प्रदेश ५ को नाम लुम्बिनी कायम भएको छ । प्रदेश सभाको बैठकमा ७९ जना प्रदेश सभा सदस्यले लुम्बिनीको पक्षमा मतदान गरेका छन् । विपक्षमा जम्मा ४ मत परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार