बैतडीमा वडाध्यक्षको मृत्यु

कैलाली । बैतडीमा एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

एक्कासी घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

वडाध्यक्ष मडै लामो समयदेखि सुगर, प्रेसर र जन्डिसको बिरामी थिए । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार