म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका–७ का ४४ बर्षिय पुरुष ,मंगला गाउँपालिका –१ का २४ बर्षिय पुरुष र सोही गाउँपालिका वडा नम्बर ४ की २६ बर्षिया महिला रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा म्याग्दीमा दुई अन्य चार जिल्लामा गरी ५६ जना कोरोना संक्रमित थपिएका हुन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ६३३ पुगेको छ ।

म्याग्दीमा थपिएका संक्रमित मध्ये बेनी नगरपालिकाका एक पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ,पोखरामा नमुना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । ती संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको र उनि पोखरामा आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार