विशाल ग्रुपको ललितपुर गोदाममा प्रहरीको छापा

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले विशाल ग्रुपको ललितपुरस्थित गोदाममा आज छापा मारेको छ । म्याद गुज्रिएका खाद्यबस्तुमा रिलेबलिङ गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरले रिलेबलिङ गर्ने सामग्री, विभिन्न म्याद गुज्रिएका खाद्यबस्तु, भ्याट छली, लेबल नभएका सामग्रीलगायत बरामद गरेको छ । यसअघि चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिएपनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको थियो । आन्तरिक राजश्व विभाग, उपभोक्त हित संरक्षण मञ्चलगायतले अहिले गोदाम नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार