मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट उर्लाबारी नगरपालिका-९ बस्ने २९ वर्षीय देउ कुमार लिम्बूको मृत्यु भएको हो।

शुक्रबार बिहान साढे ६ बजे उर्लाबारी जोरबाटोमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसको ठक्करबाट लिम्बु गम्भीर घाइते भएका थिए।

घाइते भएका लिम्बूको विएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक मोरङ रतुवामाई-१० का २६ वर्षीय रेवत प्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार