अहिलेसम्मकै धेरै २७ सय २२ जना कोरोना संक्रमित थपिए ,३,३०७ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । पछिल्लो २४ घन्टामा ३३ सय सातजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको गौतमले बताउनुभयो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिनुभयो । यो अवधिमा १४ हजार सात सय ३९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो परीक्षण अहिलेसम्मकै बढी हो ।यस्तै आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार