महाकाली अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सवै सेवा बन्द

कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सवै सेवाहरु बन्द गरिएका हुन् ।

अस्पताल प्रशासनले ओपीडी लगायतका कक्षहरुमा सेनेटाइजेसन गर्नुपर्ने भन्दै आज एक दिनका लागि मात्रै सेवा बन्द हुने जनाएको छ । अस्पताल प्रशासनका अनुसार असोज १५ गते भर्ना भई आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएको हो। उनमा शनिबार साँझ मात्रै संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएलगत्तै आकस्मिक बैठक बसेर यस्तो निर्णय गरिएको हो। नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार