कावासोतीमा लुटेराले एक महिलाको कान काटेर गहना लुटे

नवलपुर। नवलपुरको कावासोतीमा आज विहान एक महिलाको कान काटेर सुनका गहना लुटिएका छन ।कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेलको कान काटेर लुटेराहरुले ठूला ठूला दुईवटा सुनका रिङ लुटेका हुन ।

घरबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा पौडेललाई दुई जना लुटेराले लुटेका हुन ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नविन थापाले घटनाको पुष्टि गर्दै लुटेराहरुको जंगलदेखि सडक सबैतर्फ खोजी भैरहेको बताए ।पीडित महिलाका श्रीमान दण्दपानी पौडेलले लुटेराले कान काटेर कानका ठूला ठूला दुई वटा रिङ्ग लुटेर लगेको र साना साना रिङ्ग भने जोगिएको बताए ।

महिला लुटेराहरुसँग लडेर घरतर्फ भागेर ज्यान जोगाउन सफल भएकी थिइन् । उनका दुवै कान काटिएका छन भने टाउको समेत चोट लागेको छ । पीडित महिलाको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भईरहेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार