गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ घाइते

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । आइतबार राति गुल्मीदरबार गाउँपालिका-१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षका धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । धनबहादुर गुल्मीदरबार-१ निवासी हुन् ।

दुर्घटनामा कपिलवस्तु घर भएका ३० वर्षका रेशम ताम्राकार (चालक) र गुल्मीदरबार गाउँपालिका-१ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाइते भएका छन् । घाइते २ जनाकै मजुवास्थित सारथी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रावलले जानकारी दिए ।

दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार