डा.केसीको अनशनको पक्षमा काँग्रेस प्रवक्ता शर्माको नेतृत्वमा धर्ना

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अनशनरत डा.गोविन्द केसीको पक्षमा शिक्षण अस्पतालमा सांकेतिक धर्ना दिएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा २२ जनाको समूहले २२ मिनेट धर्ना दिएको हो। डा.केसी अनशन बसेको २२ औं दिनमा सांकेतिक रुपमा शर्माको नेतृत्वमा २२ जनाको समूहले २२ मिनेट धर्ना दिएको थियो ।

नेपाली काँग्रेस सूचना सञ्चार तथा प्रचार विभागका तर्फबाट पार्टी प्रवक्ता तथा विभाग प्रमुख शर्मासहित विभागका सदस्यहरु धर्नामा सहभागी थिए। त्यसपछि शर्माले डा।केसीलाई भेटेका थिए । भेटमा डा. केसीका माग सम्वोधन गर्न काँग्रेसले सुरुदेखिनै सरकारलाई आग्रह गरिरहेको प्रवक्ता शर्माले बताए। केसीको जीवन रक्षा र माग पुरा गर्न सरकारसँग उनको आग्रह थियो ।रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार