रामेछापमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । रामेछापको दोरम्बा गाउँपालिका–४ सानो शैलुङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दोरम्बा–७ का चालक पेमा लामा र ट्याक्टरमा सवार ५५ बर्षिय फुर्वा दोर्जेको मृत्यु भएको रामेछापका डिएसपी बसन्त पाठकले रातोपााटीलाई बताए ।

सोमबार साँझ ना ७ त ८७३ नम्बरको ट्याक्टर सानो शैलुङ स्थित भित्री सड्कबाट २ सय मिटर तल खसेको थियो । काभ्रेको जिरोकिलोबाट डिजेल लिएर सो ट्याक्टर दोरम्बा गएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार