डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली

काठमाडौं । सत्याग्रह बसेको २३ दिनमा डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल गएको छ। शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन्। केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका थिए।

तर, केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे। उनले सरकारका प्रवक्ताकै भनाइअनुसार नै अभिव्यक्ति आएको र त्यसका लागि दुस्ख गरिरहन नपर्ने बताएका थिए। ‘शिक्षा सचिव र उहाँसँग अरू दुई जना आउनुभएको थियो, दस मिनेटजति बसेर फर्किनुभयो,’ केसीका सहयोगी डा. प्रितम सुवेदीले भने, ‘सरले औपचारिक रूपमा वार्ता समिति गठन गरेर कुरा गर्न आउन भन्नुभयो।’

केसीले विभिन्न ६ बुँदे माग राखेर जुम्लामा अनसन थालेका थिए। उनको स्वास्थ्य अवस्था जटिल हुन थालेपछि जुम्लाबाट काठमाडौं ल्याइएको थियो। केसी सत्याग्रहमा लामो समयदेखि बस्दा अस्वस्थ र गम्भीर बन्दै गए पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन।सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार