कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ। सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्।

आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ। सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ आचार्यले फेसबुकमा लेखेका छन्।

आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन्। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार