७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा ४३ वर्षीय पुरूष पक्राउ

काठमाडौं । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक ४३ वर्षीय पुरूष पक्राउ परेका छन्। पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी प्रहरीले दिएको छ।

बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेका थिए।स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो।बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए। स्थानियले उनलाई नियन्त्रणमा लिएको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ। ती बालिका सोही स्थानको भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले बताए।

बलात्कारको प्रयास हो की के हो यकिनका साथ भन्न सकिएको छैन। ती पुरूषले प्रयासमात्रै गरेको भनेको छ,एसपी राठौरले भने,बालिकालाई मेडिकल गर्न पठाइएको छ। त्यसको रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ। विकले बालिकालाई फकाएर लगेको उनले बताए। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार