धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान । धरानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान १९ का ३९ वर्षीय युवाको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको बिहान ४ बजेर ३० मिनेटमा काभिड अस्पतालमा निधन भएको थियो। मृतकलाई असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि १३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मृतकलाई विगतमा क्षयरोग भएको प्रतिष्ठानले जनाएको छ भने कलेजो र मृगौलाको पनि समस्या भएको बताइएको छ। यो सँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार