संक्रमितको संख्या बढेपछि मधुवन नगरपालिका एक साताका लागि सिल

बर्दिया । कोरोना संक्रमितको संख्या बढेपछि मधुवन नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवा आइतबारदेखि ठप्प पारेको छ। मधुवन नगरपालिकाका आठ वटा वडा कार्यालयले समेत अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको हो।

एकसाता लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छ। अत्यावश्यक काम बाहेक सम्पुर्ण सेवा बन्द गरेको मधुवनका नगर प्रमुख कृष्ण केसीले जानकारी दिए। ‘सोलुबाट हाईड्रोमा काम गर्ने कामदारमा कोरोना संक्रमण देखियो’उनले भने,‘समुदायमा पनि ५ जनामा कोरोना संक्रमण देखिएपछि नगर अर्ध सिल गर्न बाध्य भयौ।’

शनिबार सोलुखुम्बु जिल्लाबाट आएका ४४ जना कामदारमा कोरोना पुष्टि भएसँगै नगरपालिकामा अत्यावश्यक काम बाहेका सेवा ठप्प भएको उनले जानकारी दिए।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार