२० वर्षीया महिला बेचेको आरोपमा एक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका तामाङले निम्न परिवारकी २० वर्षीया महिलालाई चार वर्षअघि राम्रो तलब सुबिधासहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईमा बेचेका थिए । लगत्तै उनी फरार भएका थिए । महिलालई बेचेर नेपाल फर्केकै दिन तामाङविरुद्ध उजुरी परेको ब्यूरोका प्रहरी उपरीक्षक ९एसपी० अनुराग द्विबेदीले जानकारी रातोपाटीलाई दिए । तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारबाही अगाडि बढाइएको एसपी द्विबेदीले बताए ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतमा बेचिएकी महिलाको २०७५ भदौ ५ गते उद्दार भइसकेको छ । ‘शक्ति समूह नामक संस्थाले ती महिलाको उद्दार गरी नेपाल ल्याएको हो,’ एसपी द्विबेदीले भने । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार