३७ वर्षीय संक्रमित पुरुषको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । नोवेल मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

कलेजका प्रबन्धक नारायण दाहालले बिहान ७ बजेतिर ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए । शनिबार पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको र उपचारका क्रममा उनको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। ती पुरुषको यसअघि मिर्गौलामा समस्या थियो । nagarikkhabarबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार