कोरोना संक्रमणका कारण क्रिकेट संघको साधारण सभा स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा स्थगित भएको छ । क्यानका पदाधिकारी तथा सदस्यहरुमा कोरोना संक्रमण देखिएसँगै आगामी असोज २८ र २९ गतेका लागि डाकिएको सभा स्थगित भएको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विज्ञप्तिमार्फत अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित भएको बताएका छन् । गत असोज ६ गते क्यानको चितवनमा बसेको बोर्ड बैठकले साधारण सभाको मिति तय गरेको थियो ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार