भारतीय सेनाध्यक्ष नेपाल आउँदै

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् । दुबै देशमा भएको बन्दाबन्दीका कारण स्थगित उनको भ्रमण कात्तिक महिनामा हुन लागेको नेपाली सेनाले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नक्सा जारी गर्दा ‘कूटनीतिक मर्यादा विपरित’ टिप्पणी गरेका भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण चासोपूर्ण बनेको छ ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार