उपचार खर्च तिर्न नसक्दा ३ दिनदेखि अस्पतालमै शव

मोरङ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको एक पुरुषको शव तीन दिनदेखि अस्पतालमै रहेको छ। मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा उपचार गर्दा लागेको शुल्क बुझाउन नसक्दा शव अस्पतालमै रहेको परिवारले बताएका छन् ।

विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका एक पुरुषको शनिबार बिहान मृत्यु भएको हो। कोरोना संक्रमित पुरुषको विराटमा उपचार गर्दा लागेको खर्च तिर्न नसक्दा मृतकको शव परिवारको जिम्मा नदिएको मृतककी छोरीले बताइन्। ‘उपचार गर्दा अस्पताललमा लागेको शुल्क तिर्न नसक्दा बुवाको शव ३ दिनदेखि अस्पतालले दिएको छैन,’ छोरीले भनिन्।

मृतक विराटनगरका एक निजी विद्यालयका बस चालक हुन्। ‘बुवालाई अस्पताल भर्ना गर्दा १ लाख रुपैयाँ डिपोजिट गरेकोर घरमा भएको पैसा औषधि खरिदमा सकियो,’ मृतककी छोरीले भनिन्, ‘शनिबारदेखि आजसम्म शव ल्याउन पाइएको छैन ।’ बुवाको शव अस्पतालबाट झिक्नका लागि धेरै ठाउँमा पहल गरिसकेँ , तर केही उपाय लागेन, छोरीले भनिन्, ‘बुवाको उपचारमा २ लाख ५० हजार रुपौयाँ खर्च भइसकेको छ ।’ बुवाको उपचार गर्दा लागेको जम्मा खर्चमा अस्पतालले छुट गर्दा पनि ३ लाख ८४ हजार ९ सय ३५ रुपैयाँ तिर्नु बुझाउनु पर्ने हुन्छ। तर, अहिले हामीसँग भएको सबै रुपैयाँ पहिला नै खर्च भइसकेको हुँदा थप रुपैयाँ तिर्न सक्ने अवस्थामा छैनौं’, छोरीले भनिन्, ‘अस्पतालमा लागेको शुल्क नबुझाएसम्म शव जिम्मा नदिइने अस्पताल प्रशासनले बताएको र अहिलेसम्म पनि त्यहीँ बुवाको शव रहेको छ ।’

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि कात्तिक ६ विराटमा भर्ना गरिएको थियो। ‘हामीसँग भएको पैसा सबै सकियो,’ छोरीले भनिन्, ‘ऋण खोज्दा पाइएन ।अस्पतालको पैसा नतिरेसम्म शव दिन्न भनेको छ। यस्तो अवस्थामा अब हामीले कहाँबाट रुपैयाँ ल्याउनु र बुवाको शव झिक्नु ठूलो समस्या प¥यो ।’

विराट अस्पतालका प्रशासन प्रमुख सुधिरसिंह राठोरका अनुसार तामाङको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको र उपचारका क्रममा उठेको बिल परिवारले नतिरेका कारण शव अस्पतालमै रहेको छ। ‘सरकारले निर्णय गरेअनुसार नै हामीले शुल्क लिन थालेका हौं,’ राठोरले भने, ‘हामी पनि शुल्क लिन बाध्य छौं। उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पारिश्रमिक दिनै पर्छ र उपचारका क्रममा अस्पतालले दिएको सेवाअनुसार नै शुल्क लिएको हुँदा उनका परिवारले उपचारमा लागेको शुल्क तिर्नुपर्ने हुन्छ ।’nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार