एक वर्षअघि बालकुमारीमा हत्या गरी फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । ललितपुर बालकुमारस्थित गुहेपोखरीमा एक वर्षअघि हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-१ का २८ वर्षीय मानबहादुर थिङ छन्। उनलाई सोही ठाउँबाट महानगरीय अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो।

उदयपुर कटारीका २५ वर्षीय हरि खड्काको २०७६ साउन २८ गते हत्या भएको थियो। खड्का ललितपुर-९ गुहेपोखरी, बालकुमारीमा मूर्ति बनाउने काम गर्थे। सो हत्यामा मृतककी श्रीमती विष्णु खड्का, दीपक बम्जन, आरुष थिङ, सागर वाइबालगायत पाँच जना यसअघि नै पक्राउ परेका थिए।

थिङ सो हत्याका मुख्य अभियुक्त रहेको महानगरीय अपराध महाशाखाले बतायो। उनी गढी गाउँपालिका-१ खाँटी टोलमा बस्थे। सो हत्यामा अन्य तीन जना फरार छन्। उनीहरूको खोजी भइरहेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार